टर्कीले मुद्रास्फीति नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्यायो
शुक्रबार, ०८ भदौ २०८०, १४ : २०
काठमाडौँ । टर्कीको केन्द्रीय बैंकले बिहीबार उच्च मुद्रास्फीति र मुद्राको उत्तारचढालाई नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्याएको छ ।
मौद्रिक नीति समितिले १७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने निर्णय गरेको टर्कीको केन्द्रीय बैंकले जनाएको हो । हालका सूचकहरुअनुसार देशको मुद्रास्फीति अत्यधिक बढेको छ ।
मुद्रास्फीतिमा सुधार नहुँदासम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न टर्कीले जुन महिनादेखि जुलाइसम्म आफ्नो नीति दर दुई पटक बढाएको छ ।
जुन २२ मा केन्द्रीय बैंकले बैंकको ब्याजदर ८.५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको थियो । जुलाई २० मा १५ बाट बढाएर १७.५ प्रतिशत पुर्याइएको थियो ।
(सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण