टर्कीले मुद्रास्फीति नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्यायो
शुक्रबार, ०८ भदौ २०८०, १४ : २०

काठमाडौँ । टर्कीको केन्द्रीय बैंकले बिहीबार उच्च मुद्रास्फीति र मुद्राको उत्तारचढालाई नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्याएको छ ।
मौद्रिक नीति समितिले १७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने निर्णय गरेको टर्कीको केन्द्रीय बैंकले जनाएको हो । हालका सूचकहरुअनुसार देशको मुद्रास्फीति अत्यधिक बढेको छ ।
मुद्रास्फीतिमा सुधार नहुँदासम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न टर्कीले जुन महिनादेखि जुलाइसम्म आफ्नो नीति दर दुई पटक बढाएको छ ।
जुन २२ मा केन्द्रीय बैंकले बैंकको ब्याजदर ८.५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको थियो । जुलाई २० मा १५ बाट बढाएर १७.५ प्रतिशत पुर्याइएको थियो ।
(सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची