मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउनमा भारततर्फ ८७ लाखको गोलभेँडा निर्यात

शनिबार, ०९ भदौ २०८०, ११ : ११
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट भारततर्फ ८७ लाख ३० हजार रुपैयाँको गोलभेँडा निर्यात भएको छ । भारतमा गोलभेँडाको मूल्यमा अश्वभाविक मूल्यवृद्धि भएपछि नेपालबाट आयात खुलाइएको थियो

। भारतकी अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट भारतका तीन राज्यमा गोलभेँडा आयात खुलाउने बताएकी थिइन् । भारतीय सञ्चारमाध्यममा लेखिएअनुसार उनले तीन राज्यमा नेपालबाट आयात खुलाउँदा मूल्य घट्न सहयोगी भूमिका खेल्ने बताएकी थिइन् ।

केही समय आयात रोकिए पनि पुनः खुलेपछि नेपालबाट भारततर्फ ६ लाख ७० हजार किलोग्राम गोलभेँडा निर्यात भएको छ । साउन महिनाको तथ्याङ्क सार्वजनिक गर्दै भन्सार विभागले उक्त परिमाणको गोलभेँडा भारत निर्यात भएको जनाएको हो । यद्यपि, यस अवधिमा भारतबाट समेत गोलभेँडा आयात भएको छ । भारतबाट नेपालतर्फ ३८ हजार ९५० किलोग्राम गोलभेँडा आयात भएको तथ्याङ्क छ । यसबापत नेपालबाट ९ लाख ९० हजार रुपैयाँ बाहिरिएको छ ।

नेपाल र भारतबी १८ सय किलोमिटरभन्दा लामो खुला सिमाना रहेकाले यो तथ्याङ्क आधिकारिक भने होइन । औपचारिक माध्यमबाट आयात–निर्यातको आधिकारिक भए पनि अनौपचारिक माध्यमबाट समेत गोलभेँडा आयात–निर्यात हुने गरेको सरकारी अधिकारीहरू नै बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप