साउनमा भारततर्फ ८७ लाखको गोलभेँडा निर्यात
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट भारततर्फ ८७ लाख ३० हजार रुपैयाँको गोलभेँडा निर्यात भएको छ । भारतमा गोलभेँडाको मूल्यमा अश्वभाविक मूल्यवृद्धि भएपछि नेपालबाट आयात खुलाइएको थियो
। भारतकी अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट भारतका तीन राज्यमा गोलभेँडा आयात खुलाउने बताएकी थिइन् । भारतीय सञ्चारमाध्यममा लेखिएअनुसार उनले तीन राज्यमा नेपालबाट आयात खुलाउँदा मूल्य घट्न सहयोगी भूमिका खेल्ने बताएकी थिइन् ।
केही समय आयात रोकिए पनि पुनः खुलेपछि नेपालबाट भारततर्फ ६ लाख ७० हजार किलोग्राम गोलभेँडा निर्यात भएको छ । साउन महिनाको तथ्याङ्क सार्वजनिक गर्दै भन्सार विभागले उक्त परिमाणको गोलभेँडा भारत निर्यात भएको जनाएको हो । यद्यपि, यस अवधिमा भारतबाट समेत गोलभेँडा आयात भएको छ । भारतबाट नेपालतर्फ ३८ हजार ९५० किलोग्राम गोलभेँडा आयात भएको तथ्याङ्क छ । यसबापत नेपालबाट ९ लाख ९० हजार रुपैयाँ बाहिरिएको छ ।
नेपाल र भारतबीच १८ सय किलोमिटरभन्दा लामो खुला सिमाना रहेकाले यो तथ्याङ्क आधिकारिक भने होइन । औपचारिक माध्यमबाट आयात–निर्यातको आधिकारिक भए पनि अनौपचारिक माध्यमबाट समेत गोलभेँडा आयात–निर्यात हुने गरेको सरकारी अधिकारीहरू नै बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण