एकतर्फी प्रेम
शब्दहरु मलाई
बोलाइरहन्छन्
म एक्लै बसेको
देख्नै हुन्न
आइहाल्छन् ।
मनको झ्याल खोल्छन्
त्यहाँ फैलिएको
अशान्ति भगाउँछन्
मस्तिष्कको ढोका उर्घाछन्
कोलाहलहरुलाई धपाइदिन्छन्,
अवसाद, कुण्ठा, भय,
चिन्ता, दुःख
लखेट्छन् मभित्र लुकेर
मलाई कमजोर पार्ने
हरेक तत्वहरुलाई
उनीहरू एक एक अक्षर
जोडेर मलाई नयाँ नयाँ अर्थ
निकाल्न सिकाउँछन्
भावनाहरुलाई नयाँ रंग अनि
आकार दिन लगाउँछन् ।
मैले कसैलाई नभनेको,
लुकाएर राखेका
मनका भेदहरूलाई
आफ्ना सामु पोख्न
प्रेरित गर्छन्
‘म’भित्र वर्षौदेखि कट्कट्टिएर
बसेको लिसो पखाल्छन्
आत्माभित्र थुुप्रिएको फोहोर
बढारेर मलाई
शब्दले नै चोख्याउँछन्, सजाउँछन् ।
कालो, निख्खर अन्धकारलाई चिरेर
अनौठो तर अद्भूत
सयौं सूर्यको प्रकाशले धपक्क
बलेका ठाउँहरुमा
लैजान्छन् घुमाउन ।
हरेक पटक
झल्यास्स बिउझिँदा
म कोठामै हुन्छु
भ्रम हो कि सत्य ?
शब्दहरु आएका त थिए
मलाई भेट्न
नत्र यो परिवर्तन
कसरी आउँथ्यो ममा
हरेक पटकको भेटले
फेरिन्छु म
मभित्र परिवर्तनका
लहरहरु दौडिन्छन्
तरंग चल्छन्
सायद म शब्दसँग प्रेममा छु
उसकै कल्पनामा
टोलाइरहन्छु,
लुक्न चाहन्छु शब्दहरुको थुप्रोमा
हराइरहन चाहन्छु
यसैगरी शब्दसँगको
एकतर्फी प्रेममा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण