जोशीलाई संसदीय समितिको सभापति बनाउने एकीकृत समाजवादीको तयारी
आइतबार, १० भदौ २०८०, ०९ : ३३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी कार्यालयमा साढे आठ बजेबाट सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा संसदीय समितिका सभापति चयनबारे छलफल हुने नेताहरूको भनाई छ ।
एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पाउने सत्ता गठबन्धनमा सहमति भैसकेको छ । सो समितिको सभापति कसलाई बनाउने भन्ने बैठकले निर्णय गर्ने बुझिएको छ । समितिको सभापतिमा बझाङका सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने चर्चा चलेको छ । समितिको निर्वाचन भदौ ११ गते सोमबारलाई तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण