दाङका प्रजिअ सुशील वैद्य जिम्मेवारीबाट हटाइए
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । वैद्यलाई गृह मन्त्रालयमा तानिएको मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिएका हुन् ।
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई फरार प्रतिवादी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरोले राय दिएको छ । प्युठानको प्युठान नगरपालिका वडा नम्बर–४ घर भएका वैद्य मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत हुँदा ‘संगठित किर्ते’मा संलग्न रहेको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । ब्यूरोको अनुसन्धान प्रतिवेदनको २४१ नम्बरमा उनलाई ‘फरार प्रतिवादी’ उल्लेख गरिएको छ ।
भदौ ५ मा सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको छ । सरकारी वकिलले आज अदालतमा अनुसन्धान प्रतिवेदन दर्ता गर्दै छ ।
ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण