सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने गठबन्धनको निर्णय

आइतबार, १० भदौ २०८०, १२ : १५
आइतबार, १० भदौ २०८०

काठमाडौँ । सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ । राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने मोटामोटी सहमति भएको बताए । 

‘एउटा समितिको सभापति हामीलाई दिने भनेर मोटामोटी सहमति भएको छ’, उनले भने, ‘संसदीय सुनुवाइ विशेष समिति दिने भन्ने कुरा आएको छ । त्यो पाएको खण्डमा पशुपति शमशेर राणाज्यूले नेतृत्व गर्नुहुन्छ ।’

समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो ।  कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिबाहेका समितिको सभापतिमा मात्रै उम्मेदवार टुंग्याएको छ ।

कांग्रेसबाट संसदीय सुनुवाइ समितिको उम्मेदवारको रुपमा सांसद जीवन परियारको नाम चर्चामा थियो । तर, उनले आफू सभापतिको उम्मेदवार नरहेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप