संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने गठबन्धनको निर्णय
काठमाडौँ । सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ । राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने मोटामोटी सहमति भएको बताए ।
‘एउटा समितिको सभापति हामीलाई दिने भनेर मोटामोटी सहमति भएको छ’, उनले भने, ‘संसदीय सुनुवाइ विशेष समिति दिने भन्ने कुरा आएको छ । त्यो पाएको खण्डमा पशुपति शमशेर राणाज्यूले नेतृत्व गर्नुहुन्छ ।’
समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो । कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिबाहेका समितिको सभापतिमा मात्रै उम्मेदवार टुंग्याएको छ ।
कांग्रेसबाट संसदीय सुनुवाइ समितिको उम्मेदवारको रुपमा सांसद जीवन परियारको नाम चर्चामा थियो । तर, उनले आफू सभापतिको उम्मेदवार नरहेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण