सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसदीय समिति निर्वाचन

उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानले उम्मेदवारी दिने

आइतबार, १० भदौ २०८०, १२ : ४८
आइतबार, १० भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खानले उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनमा भएको सहमति अनुसार खानले सभापति पदमा उम्मेदवारी दिन लागेका हुन् ।

समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी प्रस्तुत गर्दै उम्मेदवारी दिने तयारी गरेको छ । पार्टीले सभापति पदमा गणेश पराजुलीलाई उम्मेदवार बनाउँदै छ ।

मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदैछ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन  सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रियाअघि बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप