उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानले उम्मेदवारी दिने
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खानले उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनमा भएको सहमति अनुसार खानले सभापति पदमा उम्मेदवारी दिन लागेका हुन् ।
समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी प्रस्तुत गर्दै उम्मेदवारी दिने तयारी गरेको छ । पार्टीले सभापति पदमा गणेश पराजुलीलाई उम्मेदवार बनाउँदै छ ।
मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदैछ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रियाअघि बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण