वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छ : गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन् । आइतवार काठमाडौँमा वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताए ।
उनले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताए । यस्तै राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंक भित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको बताए ।
गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताए । कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन अनुरोध गरे । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताए । उद्योगी व्यवसायी, बैंक, व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकोले सरकार र राष्ट्र बैंकले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने बताए ।
अहिले नै पहलकदमी लिएर काम अगाडी बढाउन नसके पछुताउनुपर्ने दिन आउने पनि बताए । अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले अग्रसरता लिन आर्थिक गतिविधि चलायमान बनाउन ढिलो गर्न नहुने बताए ।
अध्यक्ष ढकालले पछिल्लो समय बैंकबाट लिएको ऋण तिर्दिन भन्ने समूहले फैलाएको नकारात्मक सन्देशले बैंकप्रति नकारात्मक धारणा र अराजकता बढेकोले सबैले सामूहिक रुपमा यस्ता क्रियाकलापलाई निस्तेज पर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण