सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह

आइतबार, १० भदौ २०८०, १९ : ०८
आइतबार, १० भदौ २०८०

क्यानाडा । अर्थ मन्त्री डा.प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । क्यानाडाको भ्यानकुभरमा रहेका महतले नेपाली समुदायसँग छलफलमा   यस्तो आग्रह गरेका हुन ।

अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताए । यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे । यसैक्रममा उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए । 

अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७ औँ विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा आएका थिए । अर्थमन्त्री शर्मा भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप