नेपाल एयरलाइन्सले काठमाडौँ ट्रान्जिट बनाएर हङकङ र दिल्ली नियमित उडान भर्ने
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भैरहवा स्थित गौतमबुद्ध विमानस्थलबाट काठमाडौँ ट्रान्जिट बनाएर दुई गन्तव्य हङकङ र दिल्ली नियमित उडान भर्ने भएको छ । यहीँ भदौ १२ गतेदेखि कम्पनीले भैरहवा–काठमाडौँ–हङकङ र भैरहवा–काठमाडौँ–दिल्ली नियमित उडान भर्ने भएको हो ।
भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।
उडान तालिका अनुसार विहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् । यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्य सम्मकै बोर्डिङ्ग पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको हो ।
यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रूपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण