ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार हो : मन्त्री गुरुङ
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले पूर्वाधार निर्माणका सरकारी आयोजनाहरु ठेक्का लगाएर समयमा नै निर्माण सम्पन्न नगर्नु पनि भ्रष्टाचार भएको बताएकी छन् ।
आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् । उनले समयमा निर्माण काम नहुँदा आर्थिक बोझ र समय दुवै खेर जाने भन्दै समय खेर जानु सुशासनको निम्ति भ्रष्टाचार भएको बताइन् । उनले मुलुकमा शून्य सहनशीलता र सुशासन राख्नको लागि समय खेर फाल्न नहुने उल्लेख गरिन् ।
मन्त्री गुरुङले सरकारले बनाउने हरेक योजनाहरु ठेक्का लाग्ने नीति बनाएर पनि कार्यान्वयन गर्न नसकिएको बताइन् । उनले सरकारले आयोजनाको ठेक्का लगाए पनि तोकेको समयमा निर्माण सम्पन्न गर्ने कुरालाई ध्यान दिन नसकिएको बताइन् । उनले सरकारले आयोजनालाई ठेक्का लगाउने मात्रै नभएर समयमा नै निर्माण सम्पन्न गर्ने नीति लिएको दाबी गरिन् । उनले मुलुकमा सामाजिक आर्थिक पूर्वाधार विकास नगरेसम्म सरकारका दीर्घकालीन योजनाको परिकल्पना पूरा हुन नसक्ने उल्लेख गरिन् । उनले सहरी विकास मन्त्रालयले सहरी विकास सडक निर्माण र आवास व्यवस्थापनमा उल्लेखनीय काम गर्दै आएको बताइन् ।
मन्त्री गुरुङले व्यवस्थित र योजनाबद्ध सहरीकरणको लागि एकीकृत बस्ती विकास, जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रम अगाडि बढाइरहेको बताइन् । उनले नयाँ सहर र स्मार्ट सिटीका लागि मध्यपहाडी लोकमार्ग अन्तर्गत सडक खण्डमा पर्ने १२ वटा र भारतसँग सीमा जोडिएका १७ वटा सहरहरुलाई व्यवस्थित गरेर बसार्इंसराईलाई नियन्त्रण गरी व्यवस्थित सहर बनाउने योजना सरकारको रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण