नेपालका म्याक्स बस्नेतलाई स्कटल्याण्ड च्याम्पियनको उपाधि
लन्डन । नेपालका बक्सिंग खेलाडी म्याक्स (मनोहर) बस्नेतले बेलायतको स्कटल्याण्डमा आयोजित एक बक्सिंग प्रतियोगितामा स्कटल्याण्ड च्यामपियनको उपाधि हात पारेका छन् । नेपालको प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी, स्कटल्याण्डको निमन्त्रणामा प्रतियोगिताको लागि बस्नेत बेलायत आएका हुन् ।
शनिबार राति बेलायतको स्कटल्याण्डमा आयोजना गरिएको स्कटिस्ट क्रुज वेट च्याम्पियनमा बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई पराजित गर्दै सो उपाधी हात पारेका हुन् । स्कटल्याण्डको आएर रेसकोर्समा सम्पन्न उक्त प्रतियोगिता जितेसंगै बस्नेत युरोपियन बक्सिंग च्यामपियनका लागि पनि छनोट भएका छन ।
स्कटल्याण्ड च्यामपियन जितेलगत्तै उनी स्कटल्याण्डको पूरानो बक्सिंग क्लब बेल एकेडेमीको सीइओ नियुक्त भएका छन् । बक्सिङ खेलमा चिरपरिचित नाम म्याक्स बस्नेत कैयौं पटक राष्ट्रिय च्याम्पियन बनिसकेका छन् भने विदेशका विभिन्न ठाउँमा पनि उनले प्रतिनिधित्व गरेका छन् ।
नेपाली खेलाडीहरुमा प्रचुर सम्भावना रहेको तर सरकारको तर्फबाट पर्याप्त सहयोग नपाएका कारण नेपाल पछि परेको उनी बताउछन् । पर्याप्त सम्भावना हुँदाहुँदै पनि आफूहरु पछि परेको बताउदै नेपालीको नामले नै कतिपय विदेशी खेलाडीहरुको आत्मबल कम्जोर हुने गरेको उनको अनुभव छ । नेपाली खेलाडीलाई विदेशमा जाने अवसर दिलाउन सकेमा खेलाडीको आत्मबल बढ्ने र देशको समेत इज्जत बढ्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण