सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका म्याक्स बस्नेतलाई स्कटल्याण्ड च्याम्पियनको उपाधि

सोमबार, ११ भदौ २०८०, ०७ : ५२
सोमबार, ११ भदौ २०८०

लन्डन । नेपालका बक्सिंग खेलाडी म्याक्स (मनोहर) बस्नेतले बेलायतको स्कटल्याण्डमा आयोजित एक बक्सिंग प्रतियोगितामा स्कटल्याण्ड च्यामपियनको उपाधि हात पारेका छन् । नेपालको प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी, स्कटल्याण्डको निमन्त्रणामा प्रतियोगिताको लागि बस्नेत बेलायत आएका हुन् ।  

शनिबार राति बेलायतको स्कटल्याण्डमा आयोजना गरिएको स्कटिस्ट क्रुज वेट च्याम्पियनमा बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई पराजित गर्दै सो उपाधी हात पारेका हुन् । स्कटल्याण्डको आएर रेसकोर्समा सम्पन्न उक्त प्रतियोगिता जितेसंगै बस्नेत युरोपियन बक्सिंग च्यामपियनका लागि पनि छनोट भएका छन ।

स्कटल्याण्ड च्यामपियन जितेलगत्तै उनी स्कटल्याण्डको पूरानो बक्सिंग क्लब बेल एकेडेमीको सीइओ नियुक्त भएका छन् । बक्सिङ खेलमा चिरपरिचित नाम म्याक्स बस्नेत कैयौं पटक राष्ट्रिय च्याम्पियन बनिसकेका छन् भने विदेशका विभिन्न ठाउँमा पनि उनले प्रतिनिधित्व गरेका छन् ।

 नेपाली खेलाडीहरुमा प्रचुर सम्भावना रहेको तर सरकारको तर्फबाट पर्याप्त सहयोग नपाएका कारण नेपाल पछि परेको उनी बताउछन् । पर्याप्त सम्भावना हुँदाहुँदै पनि आफूहरु पछि परेको  बताउदै नेपालीको नामले नै कतिपय विदेशी खेलाडीहरुको आत्मबल कम्जोर हुने गरेको उनको अनुभव छ । नेपाली खेलाडीलाई विदेशमा जाने अवसर दिलाउन सकेमा खेलाडीको आत्मबल बढ्ने र देशको समेत इज्जत बढ्ने उनको धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप