शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

बुद्धिले सुरु गरे ‘हात्तीछाप’ को डबिङ

सोमबार, ११ भदौ २०८०, ११ : ०२
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । सिमोस सुनुवारको निर्देशन रहेको फिल्म ‘हात्तीछाप’ को डबिङ सुरु भएको छ । निर्माण युनिटले आइतबारबाट फिल्मको डबिङ सुरु भएको जनाएको हो । निर्माता किरण नेपालीका अनुसार एक सातासम्म फिल्मको डबिङ हुनेछ । यसपछि, फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा हुनेछ । 

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन छ ।

फिल्मको पहिलो दिनमै कलाकार बुद्धि तामाङले डबिङ गरिरहेका छन् । बुद्धिले फिल्मको छायाङ्कनमा निकै रमाइलो भएको भन्दै डबिङमा पनि झनै मज्जा आएको बताए ।  उनले फिल्म हेरेर दर्शकले पनि मनोरञ्जनले लिने पक्का गरेका छन् । यो फिल्मको अधिकांश देशमा प्रदर्शन अधिकार समेत बिक्री भैसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप