बुद्धिले सुरु गरे ‘हात्तीछाप’ को डबिङ
काठमाडौँ । सिमोस सुनुवारको निर्देशन रहेको फिल्म ‘हात्तीछाप’ को डबिङ सुरु भएको छ । निर्माण युनिटले आइतबारबाट फिल्मको डबिङ सुरु भएको जनाएको हो । निर्माता किरण नेपालीका अनुसार एक सातासम्म फिल्मको डबिङ हुनेछ । यसपछि, फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा हुनेछ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन छ ।
फिल्मको पहिलो दिनमै कलाकार बुद्धि तामाङले डबिङ गरिरहेका छन् । बुद्धिले फिल्मको छायाङ्कनमा निकै रमाइलो भएको भन्दै डबिङमा पनि झनै मज्जा आएको बताए । उनले फिल्म हेरेर दर्शकले पनि मनोरञ्जनले लिने पक्का गरेका छन् । यो फिल्मको अधिकांश देशमा प्रदर्शन अधिकार समेत बिक्री भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण