बालुवाटारबाट नेविसंघका एक दर्जन नेता पक्राउ
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको अस्वभाविक शुल्क वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, विजय महतो, नेविसंघ प्राविधिक विद्यार्थी परिषदका केन्द्रीय अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौंका अध्यक्ष अन्सुल केसी, ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेताहरु सौगात फुयाल, सलन केसी लगायत एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् । पछिल्लो दिनमा चापागाईको जीवन रक्षा र शुल्य वृद्धि फिर्ताको माग गर्दै नेविसंघ आन्दोलित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण