सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय समिति निर्वाचन

उद्योग वाणिज्य समितिको सभापतिमा जनमतका खान निर्विरोध निर्वाचित

सोमबार, ११ भदौ २०८०, १५ : ४३
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार भएको समितिको सभापतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् । 

आइतबार संसद्को १० वटा संसदीय समितिहरुको सभापतिको लागि मनोनयन दर्ता भएको थियो । जसमा अन्य ९ वटा समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो । 

जसमा उद्योग समितिमा भने दुई जनाको उम्मेदवारी परेपछि सोमबार निर्वाचन हुने अपेक्षा गरिएको थियो । तर रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान पनि निर्विरोध भएका छन् । 

यसैबीच समितिको बैठक अर्को सूचना नआउँदा सम्मका लागि स्थगित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप