संसदीय समिति निर्वाचन
उद्योग वाणिज्य समितिको सभापतिमा जनमतका खान निर्विरोध निर्वाचित
सोमबार, ११ भदौ २०८०, १५ : ४३
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार भएको समितिको सभापतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् ।
आइतबार संसद्को १० वटा संसदीय समितिहरुको सभापतिको लागि मनोनयन दर्ता भएको थियो । जसमा अन्य ९ वटा समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो ।
जसमा उद्योग समितिमा भने दुई जनाको उम्मेदवारी परेपछि सोमबार निर्वाचन हुने अपेक्षा गरिएको थियो । तर रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान पनि निर्विरोध भएका छन् ।
यसैबीच समितिको बैठक अर्को सूचना नआउँदा सम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण