सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पुष्पकमल दाहाललाई देश निकाला गर्नुपर्छ : ऋषि कट्टेल

सोमबार, ११ भदौ २०८०, १६ : २८
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश निकाला गर्नुपर्ने बताएका छन् । एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै कट्टेलले प्रचण्डलाई देश निकाला गर्नुपर्ने धारणा राखेका हुन् । 

‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन् । उनलाई देश निकाल नगरेसम्म एमसीसी खारेज गर्न सकिँदैन’, झलनाथतिर देखाउँदै उनले प्रश्न गरे, ‘तपाईंहरूकै अध्यक्ष हो क्यारे । पुष्पकमल दाहालाई राष्ट्रघाती भन्ने आँट छ ? उनको विरूद्ध आन्दोलन गर्ने आँट छ ? सबै मिलेर अब पुष्पकमललाई देश निकाला गर्नुपर्छ ।’ 

सबै जनता मिलेमा मात्र एमसीसी खारेज गर्न सकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप