महेन्द्र मोरङका क्याम्पस प्रमुखसहित चारजना शिक्षक कार्यकक्षमा थुनिए
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बावुराम तिम्सिनासहित चार जना शिक्षक कार्यकक्षमा थुनिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) र महेन्द्र मोरङका विद्यार्थीहरुले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोडिनेटर रामनारयण दास, बिबिएमका कोडिनेटर इन्द्रनारयण देवलाई सोमबार कार्यकक्षमा थुनिदिएका हुन् ।
इन्टनसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुसी बढाएको भन्दै विद्यार्थीहरूले कलेज प्रमुखसहित विभाग्य प्रमुख शिक्षकहरुलाई कार्यकक्षमा थुनेका छन् । इन्टनसिप रिपोटको शुल्क यसअगाडी १ हजार रुपैयाँ क्याम्पसले लिँदै आएको थियो । केही दिन अगाडिदेखि क्याम्पस प्रशासनले आफुखुसी तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेपछि शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएको स्ववियू सभापति जोसवन पौडेलले जानकारी दिए ।
‘विद्यार्थीहरूलाई जानकारी बिना क्याम्पस प्रशासनले आफुखसी शुल्क बृद्धि गरेपछि हामीले यसअघि निर्णाय सच्याउन भनेका थियौं,’ उनले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि हामीले क्याम्पस प्रमुख सहित शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएका छौं ।’
विद्यार्थीहरुले इन्टनसिप रिपोटको साविकको शुल्क कायम गरिनुपर्ने भन्दै यसअघि २४ घण्टाको समय दिएको थियो । क्याम्पसले शुल्क नघटाएपछि तालाबन्दी गरेको थियो । त्यसपछि अहिले आएर विद्यार्थीहरुले क्याम्पस प्रमुखहित शिक्षकहरुलाई कार्यकक्षमा थुनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण