उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रूपमा लाग्छु : सभापति खान
सोमबार, ११ भदौ २०८०, १८ : ०३
काठमाडौँ । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रूपमा लाग्ने बताएका छन् ।
सोमबार समिति सभापतिमा सर्वसहमत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति खानले सबैभन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने बताए । उनले समस्याहरुको अपडेट लिए पश्चात् मन्त्री र वा कर्मचारीहरुबाट वा विषयगत समस्याको जरो उखेल्नेतर्फ लाग्ने बताए । उनले सरकारलाई जबाफदेही, उत्तरदायी र जनता प्रति इमानदारी बनाउने काममा खरो रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
सभापति खानले समिति सभापति भएर गल्ती भए सबैले खबरदारी गर्न पनि आग्रह गरे । उनले देश र जनताको लागि समितिबाट गर्ने सक्ने काम गर्ने उद्देश्य लिएर लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण