सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रूपमा लाग्छु : सभापति खान

सोमबार, ११ भदौ २०८०, १८ : ०३
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रूपमा लाग्ने बताएका छन् ।  

सोमबार समिति सभापतिमा सर्वसहमत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

सभापति खानले सबैभन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने बताए । उनले समस्याहरुको अपडेट लिए पश्चात् मन्त्री र वा कर्मचारीहरुबाट वा विषयगत समस्याको जरो उखेल्नेतर्फ लाग्ने बताए । उनले सरकारलाई जबाफदेही, उत्तरदायी र जनता प्रति इमानदारी बनाउने काममा खरो रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

सभापति खानले समिति सभापति भएर गल्ती भए सबैले खबरदारी गर्न पनि आग्रह गरे । उनले देश र जनताको लागि समितिबाट गर्ने सक्ने काम गर्ने उद्देश्य लिएर लाग्ने बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप