सन्दीपलाई पलले दिए शुभकामना, युजरले भने,‘ब्रदर फ्रम डिफ्रेन्ट मदर’
काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ ।
पाकिस्तान उडेका सन्दीपलाई अभिनेता पल शाहले पनि शुभकामना दिएका छन् । शाहले सामाजिक सञ्जाल मार्फत सन्दीपलाई ‘ह्याब अ सेफ फ्लाइट ब्रदर’ भनेर शुभकामना दिएका छन् ।
पलको शुभकामनामा धेरैले दुवै एउटै ड्याङको मुला भएको प्रतिक्रिया दिएका छन् । सन्तोष खरेल नामक एक युजरले लेखेका छन्, ‘ब्रदर फ्रम डिफ्रेन्ट मदर’ ।
त्यस्तै इन्फिनिटी अक्षय नामक युजर लेखेका छन्,‘ह के हो, एउटै ड्याङको मुला’ । यस्तै खिमलाल यारी नामक युजरले भने घुमाउरो पारामा एउटै भनेका छन् । उनले लेखेका छन्, ‘राजाले राजालाई नै साथ दिन्छ हैन ।’
जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । पलले नाबालिक बलात्कारको आरोपमा केही अगाडि पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण