सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले आजदेखि काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान भर्ने

मङ्गलबार, १२ भदौ २०८०, ०८ : ३१
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ । 

गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को  उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

बिहान ९ बजे भैरहवाबाट काठमाडौँ  ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई  गन्तव्य देशमा पठाइनेछ । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमले उल्लेख गरेको छ । 

Notice1693270889

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप