शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई एभरेष्ट ओल्ड र छाया अस्पतालमा विशेष छुट

मङ्गलबार, १२ भदौ २०८०, ११ : १०
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको  “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र “छाया अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेलको एकोडोमेसन एण्ड फुडमा विशेष १०% सम्म र छाया अस्पतालको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १०% सम्म छुट  प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप