प्रधानमन्त्रीलाई सांसद पोखरेलको प्रश्न : राष्ट्रिय गौरवका आयोजनाको अवस्था के छ ?
काठमाडौँ । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले राष्ट्रिय गौरवका योजनाको अवस्था के छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले राष्ट्रिय गौरवका योजनामध्ये २ पुरा भएको, ५ वटाको ७५ प्रतिशत सकिएको भन्ने सुनिए पनि बाँकी १७ को अवस्था के छ ?भनेर प्रश्न गरे ।
साथै उनले दैनिक २५ सय युवा विदेशिदिने गरेको भन्दै मदन भण्डारी विश्वविद्यालयका लागि अघिल्लो सरकारले पूर्वाधार निर्माण तथा विकास समिति गठन गरेको र ७ करोड बजेट पनि छुट्याएको यो आयोजना आज कहाँ छ र कहिले पुरा हुन्छ भनेर प्रश्न गरे ।
जवाफमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित र नियमित अनुगमन भइरहेको बताए ।
‘दुई वटा सम्पन्न भएका, १४ वटाको ८० प्रतिशत काम भएको र पाँच वटाको ५० देखि ८० प्रतिशत सम्म काम भएको र २ वटाको ५० प्रतिशत काम भएको अवस्था छ’, प्रचण्डले हुलाकी राजमार्गबारे चितवन र पर्सामा डीपीआरमा भएको ढिलाइले यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताए । साथै उनले पशुपति विकास आयोजनाको भौतिक प्रगति ६६ र वित्तीय ६५ प्रतिशत भएको बताए । उनले मेलम्चीको क्षतिग्रस्त मनसुन रोकिएपछि काम गर्ने, मदन भण्डारी विश्वविद्यालयलाई चालु आर्थिक वर्षमा २ करोड रकम विनियोजन गरिएको जवाफ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण