ललिता निवास प्रकरणका दुई जना प्रतिवादीको बयान सकियो
काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान पुरा भएको हो ।
१३ नम्बर इजलासमा शिवजी भट्टराई र रुद्र प्रसाद श्रेष्ठको बयान पुरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–४ को तत्कालीन वडा सचिव हुँदा शिवजी भट्टराई कागजात किर्तेमा संलग्न भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । उनी असार १७ मा पक्राउ परेका थिए ।
ललितपुर महानगरपालिका–१५ स्थित खुमलहाइट बस्ने रुद्र प्रसाद श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक हुन् । प्रहरीले उनलाई असार २६ मा पक्रेर ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरेको थियो । तर, सरकारी वकिल कार्यालयले ‘संगठित’ कसुरलाई बाहेक गरेर किर्ते मुद्दा मात्रै अदालतमा दर्ता गरेको छ ।
आज ३ जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतका अनुसार बालकृष्ण श्रेष्ठ, कलाधार देउजा र मीन बहादुर गुरुङको बयान लिने तयारी भइरहेको छ । मीन बहादुर भाटभटेनी डेभलपमेन्ट कम्पनीका सञ्चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण