१४ वटा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति ८० प्रतिशतभन्दा माथि : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था जानकारी दिएका हुन् ।
उनले दुई वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र दुई वटाको प्रगति ५० प्रतिशत रहेको जानकारी गराए । उनले हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको बताए ।
पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भई समष्टिगत वित्तीय प्रगति ६५.७३ रहेको प्रधानमन्त्री दाहालको भनाई छ । त्यस्तै लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणको कार्यहरू मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भएपश्चात् विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइनेछ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैयाँ विनियोजन भएको उनले बताए । मेलम्ची खानेपानी आयोजनामा मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी मेलम्चीको पानी वितरणलाई सुचारु गरिने जानकारी उनले गराए ।
सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सरकारले जोड दिँदै आएको पनि उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै