सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेश गर्नुहुन्न : सोविता गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले खिचडी जस्तो बनाएर विधेयकहरु संसदमा पेश गर्न नहुने बताएकी छन् ।
उनले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै सरकारको आलोचना गरेकी छन् ।
८१ वटा ऐनहरु आकर्षित हुने सो विधेयक सरकारले सांसदहरुलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिएको भन्दै आलोचना गरेकी हुन् ।
मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराइन् । उनले सरकारलाई विधेयकहरु आफूले पढेर मात्रै संसदमा पेस गर्न पनि सचेत गराइन् ।
सांसद गौतमले ८१ वटा ऐन आकर्षित हुने विधेयक अध्ययन गरेर ७२ घण्टा भित्र सांसदहरुले संशोधन हाल्न नसक्ने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण