बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बुबा केयरद्वारा नबिल बैंकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

मङ्गलबार, १२ भदौ २०८०, १५ : २३
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । बुवा केयर प्रा. ली. ले नबिल बैंक लिमिटेडका कर्मचारीहरूलाई लक्षित गरेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

नेपाल प्याथ ल्यावको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा बैंकका सम्पूर्ण कर्मचारीहरूको बुबा केयरका अध्यक्ष डा. अनाम प्याकुरको नेतृत्वमा तथा प्रबन्ध निर्देशक डा. रोशन खतिवडा रहेको विशेषज्ञ डाक्टरहरू सहितको समूहले स्वास्थ्य परीक्षण गरेको थियो । साथै हाल देखिएको कन्जक्टिभाइटिस रोगले पार्न सक्ने प्रभावसमेतलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरूको आँखा समेत निःशुल्क रूपमा परीक्षण गरिएको छ ।

बुवा केयर प्रा.लि स्थापनाको छोटो समयमै विभिन्न क्षेत्र तथा ठाउँहरुमा कर्पाेरेट सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रूपमा स्वास्थ्य शिविरहरूको आयोजना गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप