आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

मङ्गलबार, १२ भदौ २०८०, १६ : ४३
मङ्गलबार, १२ भदौ २०८०

बुटवल । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सडकमा जाने तयारी गर्न समेत आग्रह गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले  मोर्चालाई बदनाम गर्ने, फुटाउने, कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । उनले पूर्व माओवादीहरूलाई एक हुन आह्वान समेत गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेको पनि बताए । मुलुकमा निषेधको राजनीतिलाई तोडेर नयाँ संवादको सुरु भएको उनले उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, जनताको बहुदलीय जनवाद तथा अन्य प्रयोगहरूलाई एकीकृत गरी नयाँ क्रान्तिको तयारीमा रहेको बताए ।  

प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा दोषी ठहरिएका नेता कार्यकर्ताहरुलाई छुटाउनका लागि सरकारले तयारी गरिरहेको बताए ।  उनले जनताको पक्षमा काम गर्ने युद्ध अहिले पनि लडाइँ जारी रहेको भन्दै यसको स्वरुपा मात्रै  फेरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप