समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी
बुटवल । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सडकमा जाने तयारी गर्न समेत आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मोर्चालाई बदनाम गर्ने, फुटाउने, कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । उनले पूर्व माओवादीहरूलाई एक हुन आह्वान समेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई उल्ट्याउने दुस्साहस भइरहेको पनि बताए । मुलुकमा निषेधको राजनीतिलाई तोडेर नयाँ संवादको सुरु भएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, जनताको बहुदलीय जनवाद तथा अन्य प्रयोगहरूलाई एकीकृत गरी नयाँ क्रान्तिको तयारीमा रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा दोषी ठहरिएका नेता कार्यकर्ताहरुलाई छुटाउनका लागि सरकारले तयारी गरिरहेको बताए । उनले जनताको पक्षमा काम गर्ने युद्ध अहिले पनि लडाइँ जारी रहेको भन्दै यसको स्वरुपा मात्रै फेरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण