शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघले गर्‍यो चालु पुँजी कर्जा मार्गदर्शनको संशोधनलाई स्वागत

मङ्गलबार, १२ भदौ २०८०, १७ : ५७
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । चालु पुँजी कर्जा मार्गदर्शनमा भएको संशोधनलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकद्वार सोमबार संशोधित मार्गदर्शन सकारात्मक रहेको जनाएको हो ।

तर सोही दिन एकीकृत निर्देशनमा संशोधन गरी कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको भने महासंघले विरोध गरेको छ । नयाँ व्यवस्थाअनुसार कुनै पनि कर्जा निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा यस्तो कर्जालाई जटिल परिभाषित गरेको छ । कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नति गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण उक्त व्यवसायीको साझेदार ऋणीलाई समेत सोही वर्गमा राख्ने व्यवस्था गरिएको छ । यी दुई प्रावधानले निजी क्षेत्रलाई हतोत्साहित बनाउनुका साथै बैंक वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्न गै अर्थतन्त्रमा नै प्रतिकुल असर पर्ने भएकाले यसमा तत्काल संशोधन आवश्यक परेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप