महासंघले गर्यो चालु पुँजी कर्जा मार्गदर्शनको संशोधनलाई स्वागत
काठमाडौँ । चालु पुँजी कर्जा मार्गदर्शनमा भएको संशोधनलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकद्वार सोमबार संशोधित मार्गदर्शन सकारात्मक रहेको जनाएको हो ।
तर सोही दिन एकीकृत निर्देशनमा संशोधन गरी कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको भने महासंघले विरोध गरेको छ । नयाँ व्यवस्थाअनुसार कुनै पनि कर्जा निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा यस्तो कर्जालाई जटिल परिभाषित गरेको छ । कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नति गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण उक्त व्यवसायीको साझेदार ऋणीलाई समेत सोही वर्गमा राख्ने व्यवस्था गरिएको छ । यी दुई प्रावधानले निजी क्षेत्रलाई हतोत्साहित बनाउनुका साथै बैंक वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्न गै अर्थतन्त्रमा नै प्रतिकुल असर पर्ने भएकाले यसमा तत्काल संशोधन आवश्यक परेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण