धुलिखेल अस्पतालमा बिना अपरेसन मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि
काठमाडौँ । काभ्रेको धुलिखेल अस्पतालले ‘रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरी’बाट मिर्गौलाको पत्थरीको उपचार सुरु गरेको छ । मिर्गौलाको पत्थरीलाई बिना अपरेसन यस प्रविधिको प्रयोगमार्फत फुटाएर निकाल्ने गरिएको हो ।
प्रविधिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा छिटो र सहज ढंगले कम लागतमा अपरेसन बिनानै पत्थरीको उपचार गर्न यो प्रविधिले मद्दत पुग्ने धुलिखेल अस्पतालका प्रा. डा. सुमनराज ताम्राकारले बताए ।
उनका अनुसार मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने यस प्रविधिमा अप्टिकल फाइवरयुक्त दूरबिन प्रयोग गरी उपचार गरिन्छ ।
मूत्र नलीमार्फत अप्टिकल फाइवरयुक्त दूरबिन मिर्गौलासम्म पठाएर पत्थरी पत्ता लगाइने र लेजर प्रविधिबाट पत्थरीलाई फुटाएर निकालिने उनको भनाइ छ ।
यसअघि मिर्गौलामा हुने पत्थरीको उपचार नेफ्रोलिथोटोमी, पाइलोलिथोटोमी, ल्यापारोस्कोपी, एक्स्ट्रा कर्पाेरियल सकवेभ लगायतका विधिबाट हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण