चन्द्रयान–३ को सफलतामा भारतले ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने
बुधबार, १३ भदौ २०८०, १० : १२
नयाँ दिल्ली । भारत सरकारले अगस्त २३ मा ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने निर्णय गरेको छ । चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको खुसीयालीमा सरकारले सो दिनलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले भारतीय वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गर्दै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (ईसरो) लाई बधाई समेत दिएको छ । ‘यो हाम्रो स्पेस एजेन्सीको मात्र जीत होइन, यो भारतको प्रगति र वैश्विक क्षेत्रमा देशको सफलताको उज्ज्वल सङ्केत पनि हो,’ बैठकले भनेको छ ।
भारत चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । हाल प्रज्ञान रोभरले चन्द्रमाको तथ्याङ्कहरू पृथ्वीमा पठाउने काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण