मणिपुरमा पुनः भड्कियो हिंसा, गोली लागेर दुई जनाको मृत्यु
मणिपुरको कुकी–जोमी बाहुल्य चुराचान्दपुर र मैतेई बहुल विष्णुपुर जिल्लाको सिमानामा मङ्गलवार फेरि दोहोरो फायरिङमा दुई जनाको मृत्यु भएको छ ।
यी सिमाना जिल्लाको खोइरेन्टेक क्षेत्रमा गोली हानाहान भयो, जसका कारण अरू धेरै मानिस पनि घाइते भएका छन् ।
गोलीबारीको घटना भएको दिन मङ्गलवार मणिपुर विधानसभाको एक दिने अधिवेशन बोलाइएको थियो । केही मिनेटपछि नै बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
प्रहरीका अनुसार बिहान साढे ६ बजेबाट सुरु भएको गोलीकारी राति अबेरसम्म जारी रह्यो । घटनामा ज्यान गुमाएका मध्ये एकको पहिचान जांगमिनलुन गंगटेको रूपमा गरिएको छ ।
गंगटे गाउँका सुरक्षा गार्ड थिए ।
राज्यमा यस्तो खालको हिंसा ११ दिनपछि भएको छ जसमा कसैको ज्यान गएको छ । यसअघि १८ अगस्टमा उखरुल थाना क्षेत्रमा तीनजना मारिएका थिए ।
इन्डिजिनस ट्राइबल लिडर्स फोरमका अनुसार गंगटेको मृत्यु बिहान १० बजे आसपास भयो । खोइरेन्टेक वरिपरि कुकी–जोमी गाउँमा भएको हमलामा उनको मृत्यु भएको हो ।
यद्यपि चुराचान्दपुर प्रहरीले उनको मृत्यु गोली लागेर वा विस्फोटबाट भएको हो भनी मङ्गलवार रातिसम्म खुल्न नसकेको जनाएको छ ।
गोलीबारीको यो घटनापछि इलाकामा तैनाथ केन्द्रीय सुरक्षाबल र सेनाले अभियान चलाएको छ । हमलामा समावेश भएको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
मणिपुरमा ३ मे देखि सुरु भएको जातीय हिंसापछि चुराचान्दपुर–विष्णुपुर सीमामा लगातार झडप र हिंसा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण