एसिया कपको उद्घाटन समारोहमा प्रस्तुति दिन पाउँदा सम्मानित महसुस गरेकी छु : त्रिशाला गुरुङ
गायिका त्रिशाला गुरुङले एसिया कपको उद्घाटन समारोहमा प्रस्तुति दिन पाउँदा सम्मानित महसुस गरेको बताएकी छिन् ।
त्रिशालाले बुधवार आफ्नो फेसबुकमा पोस्ट गर्दै उनले यसबारे लेखेकी छिन् ।
त्रिशालाले रातो र चन्द्र सूर्य बोलको गीतसहितको एउटा भिडियो पोस्ट गर्दै लेखेकी छिन्, ‘आज पाकिस्तानको मुल्तान स्टेडियममा टिम नेपाल र सम्पूर्ण नेपाली खेलकुद समुदायका लागि ऐतिहासिक दिन हो । खेलप्रतिको मायालाई सबैले समर्थन गरौँ । यो गीत हाम्रो राष्ट्र र टोलीको लागि प्रस्तुत गर्न पाउँदा धेरै सम्मानित महसुस गरिरहेको छु । यद्यपि, यो विश्वव्यापी प्रसारकहरूको निश्चित नीतिहरूको कारणले प्रत्यक्ष प्रसारण नहुन सक्छ । जे होस्, हाम्रो टोलीलाई हाम्रो हृदयदेखि नै माया र सम्मान छ । जय नेपाल ! यो गजबको रचनाको लागि स्वर्गीय अम्बर गुरुङ सरलाई धन्यवाद । यो गीत गाउन आधिकारिक अनुमति दिनुभएकोमा उहाँको परिवारलाई पनि धन्यवाद ।’
एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन समारोहमा त्रिशाला गुरुङले आफ्नो प्रस्तुति दिँदै छिन् । उक्त समारोहमा पाकिस्तानकी गायिका आइमा बेगमको पनि प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण