एसिया कपको उद्घाटन समारोहमा त्रिशाला गुरुङले प्रस्तुति दिने
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ ।
उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । त्यसअघि पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोह नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन समारोह धेरै लामो नहुने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा पाकिस्तान र नेपालका एक–एकजना गायिकाले आफ्नो प्रस्तुति दिन पीसीबीले जनाएको छ । उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला गुरुङ र पाकिस्तानी गायिका आइमा बेगले प्रस्तुति दिने भएका छन् ।
आइमा पाकिस्तानकी चर्चित गायिका हुन् । इन्स्टाग्राममा उनको ६० लाखभन्दा बढी फलोअर रहेका छन् । नेपाली गायिकाका त्रिशालाको भने इन्स्टाग्राममा दुई लाख ३९ हजार फलोअर रहेका छन् । यसका अतिरिक्त अन्य केही कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने पीसीबीले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला पनि उपस्थित हुने पीसीबीले जनाएको छ । पीसीबीले उद्घाटन समारोहमा अतिथिका रूपमा बीसीसीआईका सचिव जय शाहलाई पनि निम्तो पठाएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्षसमेत रहेका शाह भने उद्घाटन समारोहमा उपस्थित हुने छैनन् ।
एसिया कपमा ६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र पाकिस्तानसँगै भारत पनि रहेको छ । समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । पाकिस्तानका अतिरिक्त एसिया कपका खेलहरू श्रीलंकामा पनि खेलाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण