किशोर बस्नेतले हङकङबाट सामानमा सुन मगाउँथे, पौडेल भन्सार अधिकृत
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप दुईजना पक्राउ गरेको तथ्य सीआईबीले बुधवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गणेश पौडेल र किशोर बस्नेत छन् । हालसम्म सुन तस्करीमा पक्राउ पर्नेहरुको संख्या २५ पुगेको छ ।
बुधवार पक्राउ गरिएका पाल्पा घर भएका गणेश पौडेल अधिकृत हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत पौडेल र सुन तस्करबीच कनेक्सन देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मूल्यांकन शाखामा कार्यरत थिए ।
अर्का आरोपित किशोर बस्नेत सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका दावा छिरिङका सहयोगी हुन् । सिन्धुपाल्चोक घर भएका बस्नेतले दावाको सहयोगीको रुपमा काम गर्दै आएको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
तिब्बतियन मुलका बेल्जियन नागरिक छिरिङले भने अनुसार किशोरले हङकङबाट सामान मगाउने गरेका थिए । किशोरले कार्गोमार्फत पानी तान्ने मोटर, ब्रेक प्याड, सेभिङ रेजर र स्मार्ट वाच मगाएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ती सामान भित्र उनीहरुले सुन लुकाएर ल्याउने गरेका थिए ।
साउन १४ मा दावा पक्राउ परेपछि उनि भारत भागेका थिए । भारतिय दुतावासका कन्सुलर प्रहरी बरिष्ठ उपरिक्षक उमा चतुर्वेदीसँग समन्वय गरेर उनलाई नयाँ दिल्लीबाट पक्राउ गरेर बुधवार नेपाल ल्याइएको हो । बस्नेत पक्राउसँगै सुन प्रकरणमा दावाको संलग्नताबारे थप तथ्य खुल्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण