६० किलो सुन प्रकरणमा थप एकजना पक्राउ
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो ।
सुन प्रकरणमा पक्राउ गरिएका गणेश पौडेल सहित पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ । तस्करीमा चिनियाँहरूको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र गणेश पौडेल छन् ।
बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदाम सहित १० ठाउँमा छापा मारिएको अनुसन्धान संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । बज्राचार्य सीआईबीकी निर्देशक हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले एसपी सञ्जयसिंह थापाको कमाण्डमा टिम बनाएर साउन २२ देखी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
समितिमा विशेष ब्यूरोका डीआईजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई संगठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण