शिक्षा दिवसमा समाज कल्याण शिक्षा पुरस्कार र नेपाल प्रविधि विद्याभूषण थप
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गते हुने राष्ट्रिय शिक्षा दिवसका अवसरमा पहिलो पटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ ।
विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, पशु विज्ञान, वन विज्ञान र चिकित्साशास्त्र विधाको स्नातकोत्तर तह वा सोभन्दा माथिल्लो तहमा नेपालसँग सम्बन्धित विषय भएको र नयाँ प्रविधि विकास हुने तथा सम्बन्धित अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार गरिएको शोधपत्रका आधारमा नेपालका विश्वविद्यालयका प्रत्येक सङ्कायका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने छ ।
नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ पुरस्कार थपिएका हुन् ।
यस्तै सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
सो पुरस्कारका लागि यही भदौ २२ गतेभित्र आवश्यक कागजातसहित सिफारिस वा आवेदन दिन मन्त्रालयले सूचना जारी गरेको छ । बढीमा पाँच जनालाई अधिकतम रु पाँच लाखसम्मका दरले यो पुरस्कार दिइने छ ।
दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्दै आएको छ ।
दिवस मनाउन शिक्षामन्त्री अशोककुमार राईका अध्यक्षतामा गठित मूल समारोह समितिको मातहतमा सहसचिव डा.हरि लम्सालका संयोजकत्वमा रहेको पुरस्कार चयन उपसमितिले पुरस्कार सिफारिस गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण