सञ्चारमन्त्रीलाई भेटेपछि प्रदीपले भने, ‘ममाथि व्यक्तिगत रिसिबी साधियो’
काठमाडौँ । चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा मंगलबार वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा ‘उत्कृष्ट फिल्म’ विधा गायब भएपछि उक्त समारोहको अहिले आलोचना भइरहेको छ ।
जुरीले ‘उत्कृष्ट फिल्म’ विधामा ‘प्रकाश’को नाम सिफारिस गरेको तर सञ्चार तथा सूचना मन्त्रालयले सरकारमा रहेको माओवादीप्रति लक्षित गरेर फिल्म बनेकाले नाम काटेर पठाएको चर्चा मिडियादेखि सामाजिक सञ्जालमा छाइरहेका छन् ।
फिल्म ‘प्रकाश’को नाम ‘उत्कृष्ट फिल्म’बाट मन्त्रालयले हटाएको विषय बाहिर आएपछि बुधबार फिल्म अभिनेता प्रदीप खड्काले सञ्चारमन्त्री रेखा शर्मासँग मन्त्रालयमै भेट गरेका छन् । उनको साथमा ‘प्रेमगीत’ निर्माता सन्तोष सेन र अभिनेता प्रेम पुरी सहभागी थिए । मन्त्रीसँग भेटपछि प्रदीपले ‘प्रकाश’सँग सरकार डराएको नभई आफूसँग कसैले व्यक्तिगत रिसिइबी साँधेको निष्कर्ष निकालेका छन् ।
समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसिइबी साध्न सरकारको नाम प्रयोग भएको आफूले पाएको प्रदीपले बताएका छन् ।
‘प्रकाशसँंग सरकार डराएको देखिएन, बरु प्रक्रियागत हिसाबले अगाडि बढेको पाइयो । प्रक्रिया बुझ्दा व्यक्ति विशेष चाँंहि बरु लेखक विकास सुवेदी, म कलाकार प्रदीप खड्का र चलचित्र प्रेमगीत–३ सँंग डराएको बुझियो’, प्रदीपले सामाजिक सञ्जालमा अगाडि लेखेका छन् ‘ मलाई अवार्ड नदिँदा अवार्डको औचित्यमा नै प्रश्न आओस्, त्यस्तो काम गर्न सकौँ भन्ने मान्यतामा हिँडेको व्यक्ति म ।’ निर्देशक र नायिकाले अवार्ड पाउनुले ‘प्रकाश’प्रति सरकारको कुनै पूर्वाग्रह नरहेको बताउँदै उनले दिग्भ्रमित गर्ने हिसाबले गरिएको कानुनको उपहासको दोष कुनै पार्टीमाथि थोपारेर पानीमाथिको ओभानो बन्न खोजिएको आरोप समेत लगाएका छन् ।
उनले सूचनाको हक प्रयोग गर्दै उत्कृष्ट फिल्म किन घोषणा भएन भनेर प्रश्न गर्ने र आवश्यक परेमा कानुनी प्रक्रियामा समेत जाने समेत चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण