दक्षिण अफ्रिका : पाँच तले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु
बिहीबार, १४ भदौ २०८०, १२ : ४४
जोहानसबर्ग । दक्षिण अफ्रिकाको जोहानसगर्बको सेन्ट्रल बिजेनस डिस्ट्रिक्टस्थित एक पाँच तल्ले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । जोहानसबर्ग आपत्कालीन व्यवस्थापन सेवाले यो जानकारी दिएको हो ।
दक्षिण अफ्रिकाको आर्थिक हब मानिएको क्षेत्रको अविकसित भागमा यो भवन रहेको र यहाँ अनौपचारिक वासस्थानका लागि प्रयोग गरिने गरिएको आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले जानकारी दिए । उनले उद्धार कार्य जारी रहेको बताएका छन् ।
घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् । के कारणले आगलागी भयो भन्ने अझै खुल्न सकेको छैन । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण