कलिङ साहित्य महोत्सव सुरु, बलिउड अभिनेत्री दिव्य दत्त पनि सहभागी
काठमाडौँ । कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरे ।
कार्यक्रममा परराष्ट्र मन्त्री साउदले महोत्सवले सांस्कृतिक आदानप्रदानको मञ्चका रूपमा काम गर्ने र नेपालमा भएको यो महोत्सवले यहाँको सभ्यता, ज्ञान र संस्कृतिलाई संसारभरि फैलाउन मद्दत गर्ने बताए ।
कलिङ साहित्यिक महोत्सवका संस्थापक निर्देशक रश्मि रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदानप्रदान कुन समयदेखि सुरु भयो भन्ने छुट्टाउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए ।
अर्का वक्ता नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्माले यस्तो महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको तर नाटकलाई भने सोही अनुरूप महत्त्व नदिने धारणा राखिन् । आगामी शृङ्खलामा नाटक र सङ्गीतलाई पनि महोत्सवमा समेट्न सुझाव दिइन्।
प्राध्यापक माधव प्रसाद पोखरेलले कलिङ क्षेत्र र काठमाडौँ प्रागऐतिहासिक कालदेखि नै जोडिएको र यही भूमिले स्रमाट अशोकलाई बुद्ध धर्म अर्थात् ज्ञान र शब्दतर्फ डोर्याएको बताए। यो महोत्सव दुई देश जोड्ने मञ्चका रूपमा स्थापित हुँदै गएको चर्चा महोत्सवकी नेपाल निर्देशक रञ्जना निरौला, प्रोफेसर अवधेश प्रधान, डेब्रोयलगायत वक्ताले पनि गरेका थिए ।
शुक्रबारदेखि सुरु हुन लागेको सूर्य नेपाल काठमाडौँ कलिङ साहित्य महोत्सवमा सहभागी हुन बलिउड अभिनेत्री दिव्या दत्त काठमाडौँ आइपुगेकी छन् ।बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी उनलाई महोत्सव आयोजकले स्वागत गरेका थिए । उनी आफ्नो टिमसहित काठमाडौँ आइपुगेकी हुन् ।
महोत्सवमा बलिउड तथा पञ्जाबी फिल्मकी अभिनेत्री तथा लेखिका समेत रहेकी दिव्या दत्त पनि सहभागी हुनेछिन् । जसका लागि उनी शुक्रबार नेपाल आएकी छन् । महोत्सवमा उनले फिल्म यात्राबारे प्रस्तुति दिनेछिन् । बलिउड अभिनेत्री समेत रहेकी मनीषा कोइराला पनिको समेत प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण