बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा करेन्ट लागेर एक युवक गम्भीर घाइते*

शुक्रबार, १५ भदौ २०८०, १३ : ३९
शुक्रबार, १५ भदौ २०८०

बुटवल। बुटवलमा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन् । विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर  दाङ राप्ति गाउँपालिका घर भई बुटवलमा बस्ने २२ वर्षीय डोलराज बुढामगर  गम्भीर घाइते भएका हुन् ।  

बुढामगरलाई बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाइ उपचारका लागि बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटलमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।  -यसअघि यो समाचारमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप