चुच्चे नक्सा सम्बन्धमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा उठाउनुहुन्छ : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ । शुक्रबार माओवादीको शनिबारदेखि सुरु हुने विशेष अभियानका सम्बन्धमा आयोजित पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कूटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।
चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै उनले कूटनैतिक तबरबाट हल गर्ने स्पष्ट पारेका हुन् ।
‘चीनले किन यसो गरेको यसबारे कूटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ’, उनले भने, ‘चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जानकारी दिएका छन् । के कसो भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं ।’
त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रमले गठबन्धन दलहरूबीच कुनै विवाद नभएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा
-
तीन वायुको प्रभाव: आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?