चुच्चे नक्सा सम्बन्धमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा उठाउनुहुन्छ : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले चीनले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ । शुक्रबार माओवादीको शनिबारदेखि सुरु हुने विशेष अभियानका सम्बन्धमा आयोजित पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कूटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।
चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै उनले कूटनैतिक तबरबाट हल गर्ने स्पष्ट पारेका हुन् ।
‘चीनले किन यसो गरेको यसबारे कूटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ’, उनले भने, ‘चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जानकारी दिएका छन् । के कसो भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं ।’
त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रमले गठबन्धन दलहरूबीच कुनै विवाद नभएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण