सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डान, ग्रेडिङ तथा सेमिनार आयोजना

शुक्रबार, १५ भदौ २०८०, १४ : १२
शुक्रबार, १५ भदौ २०८०

नेपाल क्योकुसिन बुदो कराँते शाकाई इन्टनेशनलद्वारा आयोजित दोस्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डान ग्रेडिङ तथा सेमिनार शुक्रबार र शनिबार स्वयम्भुस्थित आनन्दकुटी स्कुलमा आयोजना भइरहेको छ । 

सेमिनारको पहिलो दिन विभिन्न जिल्लाबाट आएका खेलाडीबीच परिचयात्मक कार्यक्रमसँगै विभिन्न जिल्लाबाट आएका प्रमुखहरुलाई तथा सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षणको आयोजना भयो ।

daan__उक्त ग्रेडिङ समारोहमा नेपाल फुलकन्ट्याक्ट कराँते महासंघका पदाधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा अतिथिगणहरु तथा यस संस्थाका पदाधिकीहरुको उपस्थिति रहेको छ ।

यस ग्रेडिङ समारोहमा विभिन्न जिल्ला, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, महोत्तरी, मोरङ, झापा, पाँचथर, मकवानपुर, पर्सा, बारा, कास्की, नुवाकोट, धादिङ, सर्लाही, सप्तरी, धनगढी जिल्लाबाट ३०० भन्दा बढी खेलाडीको सहभागिता रहेको नेपाल ब्रान्चचिफ रामबहादुर बमजनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप