राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डान, ग्रेडिङ तथा सेमिनार आयोजना
नेपाल क्योकुसिन बुदो कराँते शाकाई इन्टनेशनलद्वारा आयोजित दोस्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डान ग्रेडिङ तथा सेमिनार शुक्रबार र शनिबार स्वयम्भुस्थित आनन्दकुटी स्कुलमा आयोजना भइरहेको छ ।
सेमिनारको पहिलो दिन विभिन्न जिल्लाबाट आएका खेलाडीबीच परिचयात्मक कार्यक्रमसँगै विभिन्न जिल्लाबाट आएका प्रमुखहरुलाई तथा सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षणको आयोजना भयो ।
उक्त ग्रेडिङ समारोहमा नेपाल फुलकन्ट्याक्ट कराँते महासंघका पदाधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा अतिथिगणहरु तथा यस संस्थाका पदाधिकीहरुको उपस्थिति रहेको छ ।
यस ग्रेडिङ समारोहमा विभिन्न जिल्ला, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, महोत्तरी, मोरङ, झापा, पाँचथर, मकवानपुर, पर्सा, बारा, कास्की, नुवाकोट, धादिङ, सर्लाही, सप्तरी, धनगढी जिल्लाबाट ३०० भन्दा बढी खेलाडीको सहभागिता रहेको नेपाल ब्रान्चचिफ रामबहादुर बमजनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण