बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पूर्वयुवराज पारस शाह अस्वस्थ, ह्याम्स अस्पताल लगियो

शुक्रबार, १५ भदौ २०८०, १९ : ४४
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको खुलेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले पारसलाई ह्याम्सको इमरजेन्सीमा भर्ना गरिएको पुष्टि गरे । तर के भएको भन्नेबारे आफूलाई यकिन नभएको उनले बताए । 

पारस शाह महाराजगन्जको चप्पल कारखाना नजिकै एक अपार्टमेन्टमा बस्दै आएका छन् । पारसको थप चेकजाँच जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप