इन्धनको भाउ बढेको भन्दै वीरेन्द्रनगरमा नगर बस भाडामा वृद्धि
सुर्खेत । निजी क्षेत्रको पहलमा असार पहिलो सातादेखि वीरेन्द्रनगरमा सञ्चालित नगर बसको भाडादर भदौ १६ शनिबारदेखि लागु हुने गरी एक्कासी वृद्धि गरिएको छ । इन्धनको भाउ बढेको बहाना बनाई संयुक्त यातायात व्यवस्थापनले भाडादर बढाएको हो ।
सुरुमा नगर बसको भाडादार रु.२० कायम गरिएको थियो । यो भाडादर वीरेन्द्रनगर नगरपालिकाको धुलियाविटदेखि बाँगे सिमल सम्मको हो । मुख्य गरी फोरलेन सडकको धुलियाविटबाट मंगलगढी चोक, एरिचोक हुँदै मूलपानीदेखि प्रदेश अस्पताल भएर बाँगेसिमल पुग्ने गरी नगरबस सञ्चालन गरिएको थियो । यही रुट भएर गाडीहरू पुनः धुलियाविट पुग्छन् ।
नगरपालिकाको समन्वयमा १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्ने कार्य तालिका बनाइएको छ ।
सुरुमा यात्रुलाई सहजताका लागि भाडादर २० राखिए पनि दुई महिनामै ३० रुपैयाँ पुर्याइएको छ । एक सूचना जारी गर्दै संयुक्त यातायातले भनेको छ,‘पटक–पटक इन्धनको मूल्य बढेको हुँदा सोही रेटमा गाडी सञ्चालन गर्न नसकिने भएकाले शनिबारदेखि लागु हुने गरी भाडा वृद्धि गरी ३० रुपैया तोकिएको छ ।’
दुई महिना नपुग्दै भाडादर वृद्धि भएपछि यात्रुहरु पुनः अटो चढ्न बाध्य हुनुपर्ने अवस्था छ । यसअघि, अटोरिक्साले मनोमानी यात्रुबाट रकम असुल्ने गरेको र नगरबस सञ्चालनमा आएसँगै केही सहजता बनेको यात्रुहरुले बताउने गरेका थिए ।
प्रदेश राजधानीको नगरपालिका भएपनि वीरेन्द्रनगरले अहिलेसम्म नगरबस सञ्चालनमा ल्याएको छैन । प्रदेशका अन्य केही पालिकाहरुले नगरबस सञ्चालनमा ल्याइसक्दा राजधानीकै नगरले त्यसतर्फ ध्यान दिइरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण