प्रहरी समायोजन ऐन कार्यान्वयनमा जोड
शुक्रबार, १५ भदौ २०८०, २० : ३०
बारा । लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले प्रदेश तथा संघमा प्रहरी समायोजन ऐन कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएका छन् ।
लोसपा जितपुर, सिमरा उपमहानगरपालिका समितिद्वारा शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संघीयता मजबुत गर्न प्रदेशको आफ्नो प्रहरी प्रशासन हुनुपर्ने कुरामा जोड दिएका छन् ।
देशलाई शान्ति र स्थायित्व प्रदान गर्न प्रहरी ऐन कार्यान्वयन अति आवश्यक रहेको बताउँदै उनले शान्ति सुरक्षालाई ध्यानमा राखेर चाँडोभन्दा चाँडो प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउनुपर्ने बताए ।
कार्यक्रममा लोसपा बारा क्षेत्र नम्बर ४ का अध्यक्ष सिताराम गुप्ता, नेता घनश्याम गिरी, नगर अध्यक्ष शिवजी साह, लोसपा नेता प्रभुनाथ सिंहलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण