बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरी समायोजन ऐन कार्यान्वयनमा जोड

शुक्रबार, १५ भदौ २०८०, २० : ३०
शुक्रबार, १५ भदौ २०८०

बारा । लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले प्रदेश तथा संघमा प्रहरी समायोजन  ऐन कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएका छन् ।

लोसपा जितपुर, सिमरा उपमहानगरपालिका समितिद्वारा शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संघीयता मजबुत गर्न प्रदेशको आफ्नो प्रहरी प्रशासन हुनुपर्ने कुरामा जोड दिएका छन् ।

देशलाई शान्ति र स्थायित्व प्रदान गर्न प्रहरी ऐन कार्यान्वयन अति आवश्यक रहेको बताउँदै उनले शान्ति सुरक्षालाई ध्यानमा राखेर चाँडोभन्दा चाँडो प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउनुपर्ने बताए ।

कार्यक्रममा लोसपा बारा क्षेत्र नम्बर ४ का अध्यक्ष सिताराम गुप्ता, नेता घनश्याम गिरी, नगर अध्यक्ष शिवजी साह, लोसपा नेता प्रभुनाथ सिंहलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप