कांग्रेसमा विभाग प्रमुख मनोनित : शेखर–गगन समूहका २ केन्द्रीय सदस्यले पाए जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न १५ विभागका प्रमुख तोकेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय विभागहरूको प्रमुखमा मनोनित गरेका हुन् ।
पार्टीका ७० वटा विभागमध्ये देउवाले अहिलेसम्म १६ विभागको प्रमुख मनोनित गरेका छन् । जसमा शेखर कोइराला–गगन थापा समूह निकट २ केन्द्रीय सदस्यले विभागीय जिम्मेवारी पाएका छन् । आज मनोनित भएका किरण यादव र प्रकाश स्नेही शेखर( गगन निकट हुन् भने बाँकी देउवा पक्षीय मानिन्छन् ।
कांग्रेसमा विधानतः ४८ वटा विभागको व्यवस्था छ । जसमध्ये सूचना, सञ्चार तथा प्रचार विभाग गठन भएको छ । सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका थिए ।
विश्वकर्माले नेतृत्व गरेको प्रचार विभाग अहिले ४२ जना सदस्यीय छ । साउन १० को केन्द्रीय कार्यसमिति बैठकले २२ वटा नयाँ विभाग थपेको छ । भदौ १५ भित्र ६९ विभाग गठन गर्नुपर्ने देउवाको कार्यभार थियो । उनले १५ वटा विभागको प्रमुख तोकेर कार्य प्रारम्भ मात्र गरेका छन् । कांग्रेसमा अझै ५५ वटा विभाग प्रमुख तोक्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण