आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रहरीको सरुवा

प्रहरीका १२० जना डीएसपीको सरुवा, उपत्यकाका ८ वृत्तका इन्चार्ज फेरिए

शनिबार, १६ भदौ २०८०, ०७ : १६
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले डीएसपीहरुको सरुवा गरेका हुन् । केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् । 

प्रहरी वृत्त महाराजगञ्जमा अमरबहादुर थापा क्षेत्रीलाई सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए । प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ ।  प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ । 

जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र सङ्खुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् । 

ईलाका प्रहरी कार्यालय इटहरीमा टेक बहादुर कार्कीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय  खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरत बहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीन बहादुर घलेलाई सरुवा गरिएको छ ।  भोजपुरमा सुदीप राज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।

Dsp-Saruwa-120-2080_page-0001Dsp-Saruwa-120-2080_page-0002Dsp-Saruwa-120-2080_page-0003Dsp-Saruwa-120-2080_page-0004Dsp-Saruwa-120-2080_page-0005Dsp-Saruwa-120-2080_page-0006Dsp-Saruwa-120-2080_page-0007Dsp-Saruwa-120-2080_page-0008Dsp-Saruwa-120-2080_page-0009

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप