जसपाको बागमती प्रदेश समिति पुनर्गठन, अध्यक्षमा गोले
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल बागमती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार बिहान बालकुमारीमा आयोजित पुनर्गठन भेलाबाट जय गोलेको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।
समितिको उपाध्यक्षहरूमा जिमी लामा, राजु महर्जन र प्रतिमा शाही रहेका छन् भने मुख्य सचिवमा अर्जुन कुँवर चयन भएका छन् । समितिको सचिवहरूमा दावा छिरी शेर्पा, अजय निराला र लक्ष्मी थापा रहेका छन् ।
समितिको अनुशासन आयोगमा शुभरत्न गोले र निर्वाचन आयोगमा रोज मोक्तानलाई चयन गरिएको छ । जसपाको विधानले प्रदेश समिति ५१ सदस्यीय रहने व्यवस्था रहेको छ ।
कार्यक्रममा पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय समिति सदस्यहरू कृष्णबहादुर घजु, सुनी लामा, लालबहादुर तामाङ, लाक्पा शेर्पा, पञ्चलाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण