आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी अभियान

माओवादीको तीन महिने अभियान : विराटनगरमा मार्चपास

शनिबार, १६ भदौ २०८०, १० : ५२
शनिबार, १६ भदौ २०८०

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको रेडक्रस भवनदेखि मुख्य बजार ट्राफिक चोकसम्म मार्चपाससहित माओवादीले अभियान सुरु गरेको हो । मार्चपासमा माओवादी केन्द्रका नेता तथा कार्यकताहरुको सहभागीता थियो । 

कार्यक्रममा माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले आर्थिक रुपान्तरण र देश विकासको लागि माओवादीले नारा लिएर जनताको घरमा जाने बताए । राजनैतिक रुपान्तर भएकाले अब आर्थिक रुपान्तरण गरेर अगाडी बढनुपर्ने उनले बताए । आर्थिक रुपान्तरणको लागि माओवादी रुपान्तरण हुन जरुरी रहेको उनको भनाई छ ।

माओवादीले बिहान मार्चपास गरेपछि विराटनगरका सबै वडामा कार्यक्रम सुरु गरेको जनाएको छ । जसमा घाट सरसफाइ, मन्दिर सरसफाइ, स्वास्थ्य शिविर, आँखा शिविर लगायतका कार्यक्रम तय गरिएको माओवादीले जनाएको छ । यस्तै माओवादीले विराटनगरको वडा नम्बर १८ मा आजै वृहत सभा गर्ने जनाएको छ । जसलाई माओवादी नेता तथा कोशी प्रदेश इन्चार्ज खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।

maoist-biratnagar (1)maoist-biratnagar (2)maoist-biratnagar (3)maoist-biratnagar (4)maoist-biratnagar (5)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप