माओवादीको तीन महिने अभियान : विराटनगरमा मार्चपास
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको रेडक्रस भवनदेखि मुख्य बजार ट्राफिक चोकसम्म मार्चपाससहित माओवादीले अभियान सुरु गरेको हो । मार्चपासमा माओवादी केन्द्रका नेता तथा कार्यकताहरुको सहभागीता थियो ।
कार्यक्रममा माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले आर्थिक रुपान्तरण र देश विकासको लागि माओवादीले नारा लिएर जनताको घरमा जाने बताए । राजनैतिक रुपान्तर भएकाले अब आर्थिक रुपान्तरण गरेर अगाडी बढनुपर्ने उनले बताए । आर्थिक रुपान्तरणको लागि माओवादी रुपान्तरण हुन जरुरी रहेको उनको भनाई छ ।
माओवादीले बिहान मार्चपास गरेपछि विराटनगरका सबै वडामा कार्यक्रम सुरु गरेको जनाएको छ । जसमा घाट सरसफाइ, मन्दिर सरसफाइ, स्वास्थ्य शिविर, आँखा शिविर लगायतका कार्यक्रम तय गरिएको माओवादीले जनाएको छ । यस्तै माओवादीले विराटनगरको वडा नम्बर १८ मा आजै वृहत सभा गर्ने जनाएको छ । जसलाई माओवादी नेता तथा कोशी प्रदेश इन्चार्ज खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।
_WuKUiNw5JX.jpg)
_iXkm4IRxAd.jpg)
_BMzHCFoQRR.jpg)
_Dc9A3dKO78.jpg)
_9XiKkADr3s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण