एमालेमा होइन, माओवादीमा पहिरो जान आवश्यक छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक सामु तीन प्रकारका चुनौती रहेको भन्दै मुलुकमा धेरै दल होइन बलिया दल हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले धेरै दलका कारण आज मुलुक अत्यन्त ठुलो सङ्कटबाट गुज्रिरहेको बताए । ‘मुलुकमा अहिले तीन प्रकारका चुनौती रहेका छन् । पहिलो चुनौती राजनीतिक अस्थिरता र अराजकता हो’, उनले भने, २०४६ पछि मुलुकले २८ जना प्रधानमन्त्री बेहोरेको छ । तर जबसम्म बलियो सरकार बन्न पाउँदैन तबसम्म जनताको समृद्धिको आकाङ्क्षा पुरा हुन सक्दैन ।’
महासचिव पोखरेलले मुलुकले धेरै दल थेग्न नसक्ने बताए । ‘अब यो मुलुकमा धेरै दल होइन बलिया राजनीतिक दलको आवस्यक्ता छ । एउटै विचारमा आधारित दलले जनमत विभाजन । जति धेरै राजनीतिक दल त्यति धेरै विचलन, अराजकता र वैदेशिक हस्तक्षेप हुन्छ’, उनले पछिल्लो समय नेपालमा सांस्कृतिक मूल्यहरूको विघटन तीव्र गतिमा हुन थालेको बताए । उनले माओवादी जनयुद्धका नाममा जातजातिका नाममा राज्य बाँड्ने माओवादीले प्रयासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलका कारण रोकिएको भन्दै अहिले फेरि मुलुकमा नयाँ ढङ्गले जातीय द्वन्द्व भड्काउने प्रयासमा प्रधानमन्त्री आफै लागेको बताए । उनले भने, ‘एक प्रकारले भन्ने हो भने संविधान सभाका बेलाको जस्तै जातीय द्वन्द्व भड्काउने कुतसित प्रयास भइरहेको छ ।’
उनले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेमा पहिरो जाँदैछ भनेर भ्रम फैलाएको आरोप समेत लगाए । ‘नेकपा एमालेमा होइन अब माओवादीमा पहिरो जान जरुरी छ । देशभक्तहरू आउनुस् एमालेमा, विकास र समृद्धिको चाहना राख्नेहरू आउनुस् एमालेमा’, पोखरेलको आव्हान छ । उनले नेकपा एमालेलाई बलियो बनाउन आफू र उपाध्यक्ष विष्णु पौडेल एक रहेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण